
काठमाडौँ । विपक्षी दलहरुको निरन्तर अवरोधपछि आज पनि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले उठेर गृहमन्त्री रमेश लेखकको विरोध गर्दै संसद अवरोध गरेका थिए ।
आजको प्रतिनिधिसभाको बैठक औपचारिक रुपमा सुरु भएको जानकारी सभामुख देवराज घिमिरेले गराउनासाथ विपक्षीहरूले उठेर विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।
मंगलबार विपक्षीको नारावाजी पश्चात आधा घण्टाका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पुनः सुचारु हुन सकेको थिएन । त्यसपछि सूचना टाँसेर स्थगित भएको प्रतिनिधिसभाको बैठक बुधबार पनि आधा घण्टाका लागि भन्दै स्थगित गरिएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र यथाशिघ्र छानविन समिति गठन गरिनु पर्ने माग राख्दै विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया