२०८२ भाद्र ६ | Aug 22, 2025

प्रदर्शनका क्रममा पत्रकार र प्रहरीबीच हात हालाहाल

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ६

विराटनगर । प्रदर्शनका क्रममा पत्रकार र प्रहरीबीच हात हालाहाल भएको छ । कोसी प्रदेश सरकारले सदनमा पेस गरेको संचार विधेयकको विरोधमा प्रदर्शन गर्ने क्रममा पत्रकारले निषेधित क्षेत्र तोडेपछि दुई बीच हात हालाहालको स्थिति सृजना भएको हो ।

आज संसदीय पत्रकारले कोसी प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए । पत्रकार महासंघ कोसी प्रदेशका प्रतिनिधिसहितको टोली परिसरबाहिर प्रदर्शन गरिरहेका थिए । सोहीक्रममा प्रहरी र पत्रकार बीच हात हालाहाल भएको हो । विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर आज सभामा पेस भएको छ । विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म दण्डजरिबाना गर्ने प्रावधान राखेपछि पत्रकारले विरोध गरिरहेका छन् ।

नेपाल पत्रकार महासंघ कोसी शाखाले विधेयकप्रति आफूहरूको असहमति भएको भन्दै प्रदर्शन गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया