२०८२ भाद्र ६ | Aug 22, 2025

प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १

बागमती वाग्मती प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रमाणीकरण गर्नुभएको छ । प्रदेशसभाबाट पारित आर्थिक वर्ष २०८२÷८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रदेश प्रमुख देवकोटाले बुधबार प्रमाणीकरण गर्नुभएको हो । दुवै विधेयक यही असार २३ गते बसेको प्रदेशसभा बैठकले पारित गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया