प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १८
|
1.5k views

ललितपुर - ललितपुर । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैंठक बस्दैछ । बैठकमा आगामी फागुन २१ मा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल हुनेछ ।

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान भएको हो ।

बैठक विहीबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्दैछ ।

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ र राष्ट्रिय सभाको निर्वाचना आगामी ११ माघमा हुँदैछ ।

शुक्रबार पुनः प्रमुख राजनीतिक दलका नेताहरू, सरकारका प्रतिनिधि, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायबीच अर्को बैठक बस्नेछ ।

 पात्रो/राशिफल  रेडियो YouTube