प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १
|
612 views

ललितपुर - ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

      उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आजै भेट्ने कार्यतालिका छ ।

      भदौ २ गते सचिव मिस्रीले पशुपतिको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ।

       पात्रो/राशिफल  रेडियो YouTube