|
|
२०८२ असार ४
153 views
ललितपुर - ललितपुर । प्रतिनिधिसभाको जारी अवरोध हटाउने विषयसहित अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्षस्थ नेताहरूको बैठक बस्दैछ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज (बुधबार) दिउँसो ३ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागिता रहने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

बिजनेस पाटी