
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि मन्त्रिपरिषदको बैठक बोलाएक छन् । आज साँझ ५ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।
आजै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट र छलफल भएको थियो । दुई अध्यक्षबीच भेटवार्ता भए लगत्तै बैठक बोलाइएको हो । नियमित रुपमा हिजो बस्नुपर्ने बैठक अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीको स्वास्थ्य समस्या देखाइ स्थगित गरिएको थियो । सोमबार साँझ बस्ने भनेको बैठक औपचारिक रुपमा स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री ओलीले बैठक स्थगित भएको जानकारी गराएका थिए ।
आज साँझ बस्न लागेको मन्त्रिपरिषदको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना बढेको छ । जसका लागि अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन गरिएको सिफारिस समितिको बैठक समेत बोलाइएको छ । उक्त समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया