प्रधानमन्त्री ओली असार १५ गते स्पेन भ्रमणमा जाने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ३०
|
4.2k views

ललितपुर - काठमाडौँ । स्पेनको सेभिल सहरमा हुने ‘विकासका लागि वित्त पोषणसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने लागेको सो सम्मेलनमा विभिन्न ४० वटा देश सहभागी हुने बताइएको छ ।

सम्मेलनमा ती देशका सरकार प्रमुख, अर्थमन्त्री, वित्तीय संस्थाका प्रतिनिधि, विकास साझेदार र नागरिक समाजका अगुवाहरूको सहभागिता हुने बताइएको छ । उनी असार १५ गते एक हप्ताका लागि स्पेन जान लागेका हुन् ।

 

 पात्रो/राशिफल  रेडियो YouTube