२०८२ भाद्र ६ | Aug 22, 2025

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ९

ललितपुर । तराई मधेशमा लामो समयसम्म पानी पर्न नसक्दा परेको असरको विषयमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाने कार्यक्रम तय भएको छ ।

तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन हुन नसक्दा त्यहाँको बारा र महोत्तरी जिल्लाको वस्तुस्थितिका बारेमा स्थलवत अवलोकन गर्न र स्थानीय किसानहरूका कुरा सुन्न प्रधानमन्त्री ओली बारा र महोत्तरीका जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको प्रधानमन्त्री निजी सचिवालय जानकारी गराएको हो । 

महोत्तरीमै जनकपुर–कुुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुुखोला पुल उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया