२०८२ असार २४

काठमाडौँ । रसुवामा बाढीले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली रसुवा जाने भएका छन् । प्रधानमन्त्री आज अपराह्न रसुवा जाने कार्यक्रम तय भएको छ ।
सोमबार रातिदेखि आएको बाढीले रसुवागढी भन्सार क्षेत्रमा ठूलो धनजनको क्षति भएसँगै सो स्थानको स्थलगत अवलोकनका लागि प्रधानमन्त्री ओलिसहित गृहमन्त्री रमेश लेखक त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया