२०८२ आश्विन ९
1.3k views

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्न लागेकी छिन् । विहीबार साँझ ६ बजे कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ ।
गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले पदभार सम्हालकै दिन प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा समेत गरेकी छन् । भदौ २३ र २४ मा भएको प्रदर्शन पश्चात् जेनजीहरूले कार्कीलाई प्रधानमन्त्री नियुक्त गराएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया