२०८२ आश्विन १६ | Oct 02, 2025

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु समूहको एक करोड ७५ लाख सहयोग

BusinessPati बिजनेस पाटी
|
२०८१ आश्विन २२
|
153 views

काठमाडौं २२ अशोज २०८१ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु समूहले एक करोड ७५ लाख रूपैयाँ सहयोग गरेको छ।

बाढीपहिरो पीडितहरूको सहयोगका लागि प्रभु समूह अन्तर्गतका प्रभु बैंक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्सका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आज एक कार्यक्रमकाबीच प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड ७५ लाख रूपैयाँको चेक हस्तान्तरण गरे।

असोज दोस्रो हप्तामा देशका विभिन्न भू-भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्‍याएको परिप्रेक्षमा राष्ट्रिय विपदको यस दुःखद घडीमा पीडित एवम् प्रभावित परिवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पीडितहरूको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेको बैंकको भनाइ छ।

प्रभु समूह अन्तर्गतका उल्लेखित संस्थाहरूबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पीडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा उक्त समूहले गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया