२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १
|
1k views

ललितपुर । २०८२/०९/३० गते बुधबारका दिन बिहान ११ः ०० बजे बोलाईएको प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारणसभा विभिन्न निर्णयहरु पारित गर्दै विधिवत् रुपमा सम्पन्न भयो । बैंकको सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्र्यालयमा बसेको बैंकको २४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आ.व.०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगदप्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।

२४औं वार्षिक साधारणसभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केट लि. को गत आ.व. २०८१/०८२ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । वार्षिक साधारणसभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत्बाट पारित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया