प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १९
|
510 views

ललितपुर - काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकबाट यस्तो निर्णय भएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने ०.४२१ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

      नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने इन्स्योरेन्सले जनाएको छ।

       पात्रो/राशिफल  रेडियो YouTube