२०८२ भाद्र ७ | Aug 23, 2025

प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम ल्याउँदै प्रभु क्यापिटल

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १५

ललितपुर । प्रभु क्यापिटलले यही जेठ २३ गतेदेखि सामूहिक लगानी कोष प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाई सार्वजनिक निष्काशनमा ल्याउने तयारी गरेको छ ।

कुल ४ करोड इकाई आकार रहेको क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याउन लागेको हो। जसमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रबर्धक प्रभु बैंक र ७.५ प्रतिशत अर्थात ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ। यसमा इच्छुक सर्वसाधारणले २ करोड ५० लाख कित्ता इकाईका लागि आवेदन दिन सक्नेछन्।

स्किमको इकाईमा जेठ २७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असार ६ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो स्किम खुलामुखी प्रकृतिको स्किम हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया