२०८२ भाद्र ६ | Aug 22, 2025

प्रमुख तीन दलका शीर्ष नेताहरूबिच समसामयिक राजनीतिक विषयमा छलफल

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ६

ललितपुर । प्रमुख तीन दलका शीर्ष नेताहरूबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

तीन नेताबीच सदनको जारी अवरोध, सदनमा पेस भएका विभिन्न विधेयकका बारेमा पनि छलफल भएको थियो ।

तीन दलको बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, माओवादीबाट उपमहासचिव वर्षमान पुनलगायत सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया