प्राइम कमर्सियल बैंकका संस्थापक सीईओ मानन्धरको निधन

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २१
|
1.3k views

ललितपुर - ललितपुर। प्राइम कमर्सियल बैंक लिमिटेडका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण दास मानन्धरको निधन भएको छ । उनकाे ८३ वर्षको उमेरमा आज निधन भएको हाे । उनको निधनले नेपाली आर्थिक जगतले एक अपूरणीय क्षति व्यहोरेको बैंकले जनाएकाे छ ।

सार्वजनिक सेवाको यात्रा सन् १९६९ मा भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रूपमा शुरु भएको थियो । उनले आफ्नो लामो र सफल करियरमा राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंक लिमिटेडको प्रथम श्रेणीको विभागीय प्रमुख र पछि नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीको महाप्रबन्धक जस्ता गरिमामय पदहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

 पात्रो/राशिफल  रेडियो YouTube