२०८२ भाद्र ६ | Aug 22, 2025

प्राइम बैंकले उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८१ आश्विन १९

काठमाडौँ १९ अशोज २०८१।

प्राइम कमर्सियल बैंक लि. परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
२०८१ साल असोज ११ गते शुक्रवार र १२ गते शनिवार देशमा भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै बैंकले कोषमा सहयोग गरेको हो । अकल्पनीय घटनाप्रति बैंक परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया