२०८२ भाद्र ७ | Aug 23, 2025

प्राधिकरणका दुई सञ्चालक सदस्यलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

BusinessPati बिजनेस पाटी
|
२०८१ श्रावण २५

काठमाण्डौ  २५ साउन २०८१-

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई पुनर्बहाली गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले दुई सञ्चालक सदस्य कपिल आचार्य र भक्तबहादुर पुनलाई पुनर्बहाली गर्न आदेश दिएको हो ।

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुई सदस्यहरू कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएर उनीहरूको स्थानमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई नियुक्त गरेको थियो । मन्त्रालयले साउन १८ गते उनीहरूलाई पदबाट हटाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया