२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रिमियर लिगको उपाधिलि लिभरपुललाई‌

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १५
|
612 views

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। टोटेनहम हटस्परलाई आइतवार ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो । दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो ।

टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे । तर त्यो अग्रतालाई‌ जोगाउन टोली असफल रह्यो।

घरेलु टोलीका लागि लुइस डियाजले १६ औं‌ मिनेटमा बराबरी गोल फर्काए। त्यसको ८ मिनेटपछि एलेक्सिस म्याक एलिस्टरको गोलमा लिभरपुल अगाडि लाग्यो । ३४ औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३(१ को अग्रता कायम गर्यो ।

६३ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको लागि चौथो गोल गरे । डेस्टिनी उडोगीले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलको अग्रता बढ्यो । अन्तिम सिठी बज्नासाथ अनफिल्डमा अविस्मरणीय दृश्यहरू देखिए।

शीर्ष स्थानको लिभरपुल (८२ अंक) ले आर्सनललाई १५ अंकले पछि परेको छ। टोटेनहम लगातार हारसँगै १६औँ स्थानमा यथावत छ। आइतवार कै अर्को खेलमा बोर्नमाउथ र म्यानचेस्टर युनाइटेडले १(१ को बराबरी खेलेको छ। एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया