
काठमाडौं । भारतको ओडिसा भुवनेश्वर स्थिति केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाहको मृत्युको छनाविनका लागि परराष्ट्र मन्त्रालयले कूनटीतिक पहल थालेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाले मर्माहत भएको बताएकी छन् ।
साथै उनले परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएकी छन् ।
वीरगञ्जको पर्सा घर भएकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजे होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन । अहिले प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
आज प्रिशाको परिवारका परिवारका सदस्यहरु ओडिसा पुग्ने छन् भने उनीहरु पुगेपछि पोष्टमार्टम गर्ने तयारी छ । बीरगञ्जबाट प्रिशाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेका छन् ।
यसअघि फागुन ४ मा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलको कोठामा मृत फेला परेकी थिइन् । दुई महिना नबित्दै विहीबार दोस्रो नेपाली विद्यार्थी सोही विश्वविद्यालयमा मृत भेटिएकी हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया