२०८२ आश्विन १६ | Oct 02, 2025

प्रि ओपन सेसनमा बुधबार करिब ३५ अंक बढ्यो नेप्से

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ७
|
102 views

ललितपुर । आज (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार अर्थात् मंगलबार ४९.०९ अंक बढेर २६७७.४५ विन्दुमा बन्द भएको नेप्से, बुधबार सो सेसनमा ३४.७९ अंक बढेर २७१२.२५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ६.७१ अंक बढेको छ।

आज प्रि ओपन सेसनमा १५८ स्टकको ७१३ पटकको कारोबारमा ४ करोड ६९ लाख ३२ हजार ३८८ रुपैयाँ २० पैसाबराबरको १ लाख १८ हजार ४५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४९ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ भने बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया