|
|
२०८२ कार्तिक १२
867 views
ललितपुर - ललितपुर । आज पनि प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।
अघिल्लो कारोबारको दिन मंगलबार ६२.२९ अंक बढेर २५७१.३४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७५ अंक घटेर २५७०.५८ विन्दुमा झरेको छ। आजको प्रिओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२७ अंक बढेको छ।
आज प्रि ओपन सेसनमा ३६ स्टकको ५८ पटकको कारोबारमा २२ लाख ९३ हजार ७० रुपैयाँ ४० पैसाबराबरको ४ हजार १७७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

बिजनेस पाटी