|
|
२०८२ भाद्र १२
816 views
ललितपुर - ललितपुर । आज साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १अंक बढेर बन्द भएको छ।
बुधबार अर्थात् अघिल्लो कारोबार दिन ५३.०१ अंक बढेर २८१९.१० विन्दुमा बन्द भएको नेप्से, विहीबारको सोही सेसनमा ०.८९ अंक बढेर २८२०.०० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२९ अंक बढेको छ।
यस्तै आज प्रि ओपन सेसनमा ४४ स्टकको ७७ पटकको कारोबारमा २ करोड ६७ लाख ९९ हजार ३७६ रुपैयाँ ३० पैसाबराबरको ५१ हजार ४४४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

बिजनेस पाटी