२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः करिब साढे ३४ अंक घट्यो नेप्से

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २
|
867 views

ललितपुर । करिव १० दिनपछि आज खुलेको शेयर बजारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३४ अंक घटेर बन्द भएको छ।
यसअघि गत भदौ २३ गते कारोबार भएपश्चा् अहिलेसम्म कुनै कारोबार भएको थिएन । त्यसदिन ३५.९९ अंक घटेर २६७२.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३४.२७ अंक घटेर २६३७.९७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ७.३० अंक घटेको छ।

आज प्रि ओपन सेसनमा १६८ स्टकको ७५२ पटकको कारोबारमा ५ करोड २७ लाख ६ हजार ९९ रुपैयाँ ७० पैसाबराबरको १ लाख ३० हजार ५८५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने १५२ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया