२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक करिब साढे ३ अंक बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १२
|
612 views

ललितपुर । आज साताको दोस्रो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंक बढेर बन्द भएको छ।

आइतबार अर्थात् साताको पहिलो कारोबारको दिन आइतबार १८.४४ अंक घटेर २९६४.२० विन्दुमा बन्द भएको नेप्से, सोमबार भने सोही सेसनमा ३.३१ अंक बढेर २९६७.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०४ अंक बढेको छ।

आज प्रि ओपन सेसनमा ५६ स्टकको १०५ पटकको कारोबारमा ९१ लाख ९१ हजार ८६६ रुपैयाँ ४० पैसाबराबरको १३ हजार ५०५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३४ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया