२०८२ आश्विन १६ | Oct 02, 2025

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक ६ अंकले बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २१
|
255 views

ललितपुर । आजको प्रि ओपन सेसनमै शेयरबजार सुधार देखिएको छ । बुधबारको प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक ६ अंक बढेर बन्द भएको छ।

मंगलबारको कारोबारमा ४१.३५ अंक घटेर २८३४.०० विन्दुमा बन्द भएको नेप्से, बुधबार सोही सेसनमा ६.०२ अंक बढेर २८४०.०३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.०४ अंक बढेको छ।

आज प्रि ओपन सेसनमा ५१ स्टकको १११ पटकको कारोबारमा १ करोड १२ लाख ३९ हजार ३०९ रुपैयाँ ३० पैसाबराबरको १८ हजार ५६९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया