प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक साँढे २ अंकले बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २६
|
663 views

ललितपुर - ललितपुर । आज साताको पहिलो कारोबारको दिन अर्थात् सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिव साँढे दुई अंकले अर्थात् २.५३ अंक बढेर बन्द भएको छ।

गत विहीबार अर्थात् अघिल्लो कारोबार दिन १८.३० अंक बढेर २८५०.३७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५३ अंक बढेर २८५२.७२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४३ अंक बढेको छ।

आजको प्रि ओपन सेसनमा ४ करोड ७५ लाख २४ हजार रुपैयाँ पैसाबराबरको शेयर खरिदबिक्री भएको छ। आइतबार भने सार्वजनिक बिदा परेकोले शेयर बजार बन्द रह्यो ।

 पात्रो/राशिफल  रेडियो YouTube