|
|
२०८२ भाद्र २
459 views

ललितपुर - ललितपुर । आज सोमबार अर्थात् साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५५ अंक घटेर बन्द भएको छ।
आइतबार अर्थात् अघिल्लो कारोबार दिन २७.१४ अंक घटेर २७६१.२२ विन्दुमा बन्द भएको नेप्से, सोमबार सोही सेसनमा ०.५५ अंक घटेर २७६०.६७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०७ अंक घटेको छ।
आज प्रि ओपन सेसनमा ४८ स्टकको १०२ पटकको कारोबारमा २ करोड ७० लाख २४ हजार ३० रुपैयाँबराबरको १ लाख ४३ हजार ३४१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ३० स्टकको मूल्य घटेको छ।

बिजनेस पाटी