२०८२ आश्विन १६ | Oct 02, 2025

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक करिब साढे २ अंक बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १८
|
969 views

ललितपुर । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेर बन्द भएको छ।

मंगलबार अर्थात् अघिल्लो कारोबारमा १९.८९ अंक घटेर २७४१.९७ विन्दुमा बन्द भएको नेप्से, बुधबार भने सोही सेसनमा २.४३ अंक बढेर २७४४.४० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६६ अंक बढेको छ।

आजको प्रि ओपन सेसनमा ४२ स्टकको ८९ पटकको कारोबारमा ६५ लाख ८१ हजार ४२१ रुपैयाँ १० पैसा बराबरको १२ हजार ७६२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया