२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक १.४७ अंक घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १७
|
663 views

ललितपुर । आज साताको दोस्रो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिव साढे १ अंक घटेर बन्द भएको छ।

आइतबार अर्थात् अघिल्लो कारोबार दिन ३०.७५ अंक बढेर २६३१.१४ विन्दुमा बन्द भएको नेप्से, सोमबार भने सोही सेसनमा १.४७ अंक घटेर २६२९.६६ विन्दुमा झरेको छ। आज सोही सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

आज प्रि ओपन सेसनमा ३७ स्टकको ४५ पटकको कारोबारमा ८ लाख ३७ हजार ७५८ रुपैयाँ ३० पैसाबराबरको १ हजार ६३० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया