२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक सामान्य अंकले बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १८
|
816 views

ललितपुर । आज साताको तेस्रो कारोबारको दिन अर्थात् मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।

सोमबार अर्थात् अघिल्लो कारोबार दिन ८.२४ अंक घटेर २६२२.८९ विन्दुमा बन्द भएको नेप्से, मंगलबारको सोही सेसनमा ०.८६ अंक बढेर २६२३.७६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१९ अंक बढेको छ।

यस्तै, आज उक्त सेसनमा ४१ स्टकको ८४ पटकको कारोबारमा ८ करोड ८६ लाख ५० हजार २१८ रुपैयाँ ६० पैसाबराबरको १ लाख ३ हजार ५९० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया