२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक साढे १ अंकले बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १९
|
1.2k views

ललितपुर । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको छ।

मंगलबार अर्थात् अघिल्लो कारोबार २७.६४ अंक घटेर २५९५.२४ विन्दुमा बन्द भएको नेप्से, बुधबार सोही सेसनमा १।७५ अंक बढेर २५९६.९९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२५ अंक बढेको छ।

आज उक्त सेसनमा ४३ स्टकको ५१ पटकको कारोबारमा ८ लाख २३ हजार ९८९ रुपैयाँबराबरको ९७० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया