|
|
२०८२ कार्तिक २५
969 views
ललितपुर । आज साताको तेस्रो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेर बन्द भएको छ।
सोमबार अर्थात् अघिल्लो कारोबार दिन ४.१५ अंक घटेर २५६१.९४ विन्दुमा बन्द भएको नेप्से, मंगलबार भने सोही सेसनमा १.९२ अंक बढेर २५६३.८७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५५ अंक बढेको छ।
आज प्रि ओपन सेसनमा ४४ स्टकको ८६ पटकको कारोबारमा ६१ लाख ४७ हजार ५६२ रुपैयाँ २० पैसाबराबरको ८ हजार ८७९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।













फेसबुकबाट तपाईको प्रतिक्रिया