|
|
२०८२ असार २५
357 views
ललितपुर । आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचकमा साढे ४ अंकको गिरावटपछि बन्द भएको छ।
मंगलबार अर्थात् अघिल्लो कारोबार दिन ०.१४ अंक घटेर २६८३.८६ विन्दुमा बन्द भएको नेप्से, बुधबार सोही सेसनमा ४.४९ अंकले घटेर २६७९.३७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४८ अंक घटेको छ।
त्यसैगरी आज प्रि ओपन सेसनमा ३७ स्टकको ८६ पटकको कारोबारमा ४ करोड ८२ लाख २५ हजार ३७१ रुपैयाँ २० पैसाबराबरको ८३ हजार ९९३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया