|
|
२०८२ कार्तिक ३०
918 views
ललितपुर । आज आइतबार साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक बढेर बन्द भएको छ।
विहीबार अर्थात् अघिल्लो कारोबार दिन १.१३ अंक बढेर २५४५.७३ विन्दुमा बन्द भएको नेप्से, आज सोही सेसनमा ४.४४ अंक बढेर २५५०.१७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४७ अंक बढेको छ।
यस्तै, आज प्रि ओपन सेसनमा ४७ स्टकको १०५ पटकको कारोबारमा ७० लाख १० हजार ६४० रुपैयाँबराबरको १२ हजार ७५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।













फेसबुकबाट तपाईको प्रतिक्रिया