|
|
२०८२ मंसिर २
918 views
ललितपुर - ललितपुर । आज मंगलबार साताको तेस्रो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेर बन्द भएको छ।
सोमबार अर्थात् अघिल्लो कारोबार दिन ९.७८ अंक बढेर २५५०.३६ विन्दुमा बन्द भएको नेप्से, मंगलबार सोही सेसनमा १.१७ अंक घटेर २५४९.१९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२३ अंक बढेको छ।
यस्तै आज (मंगलबार) प्रि ओपन सेसनमा ३२ स्टकको ६१ पटकको कारोबारमा ९ लाख २५ हजार ५३९ रुपैयाँ ७० पैसा बराबरको २ हजार ६२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

बिजनेस पाटी