|
|
२०८२ असार २६
204 views
ललितपुर । आज साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेर बन्द भएको छ।
बुधबार अर्थात् अघिल्लो कारोबार दिन २२.०४ अंक बढेर २७०५.९० विन्दुमा बन्द भएको नेप्से, विहीबार सोही सेसनमा ३.१८ अंक बढेर २७०९.०८ विन्दुमा बन्द भएको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ।
आजको प्रि ओपन सेसनमा ३८ स्टकको ६२ पटकको कारोबारमा ४० लाख ४९ हजार ६३१ रुपैयाँ ४० पैसा बराबरको ६ हजार ६६७ कित्ता शेयर खरिदबिक्री भएको छ। त्योमध्ये २५ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ।















फेसबुकबाट तपाईको प्रतिक्रिया