२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक साढे ४ अंक बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ११
|
1.6k views

ललितपुर । आज साताको अन्तिम कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक बढेर बन्द भएको छ।

बुधबार अर्थात् अघिल्लो कारोबारको दिन ९.६१ अंक बढेर २६६५.६० विन्दुमा बन्द भएको नेप्से, विहीबार सोही सेसनमा ४.५० अंक बढेर २६७०.१० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५४ अंक बढेको छ।

यस्तै, बिहीबार प्रि ओपन सेसनमा ६० स्टकको ११९ पटकको कारोबारमा ३६ लाख ७ हजार ९१ रुपैयाँ ३७ पैसाबराबरको ८ हजार ६२९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया