|
|
२०८२ मंसिर २१
1.4k views
ललितपुर । आज आइतबार अर्थात् साताको पहिलो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले घटेर बन्द भएको छ।
गत बुधबार अघिल्लो कारोबारको दिन १३.५२ अंक घटेर २६३१.१७ विन्दुमा बन्द भएको नेप्से, आइतबारको सोही सेसनमा १.४८ अंक घटेर २६२९.६९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६२ अंक घटेको छ।
आइतबार प्रि ओपन सेसनमा ४८ स्टकको १४८ पटकको कारोबारमा ५ करोड २६ लाख २० हजार ७०२ रुपैयाँबराबरको ९० हजार ३५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
विहीबार भने सार्वजनिक बिदा परेकाले स्टक मार्केट लगातार तीनदिन बन्द रह्यो ।












फेसबुकबाट तपाईको प्रतिक्रिया