|
|
२०८२ मंसिर २४
969 views
ललितपुर । आज साताको चौथो कारोबारको दिन अर्थात बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।
मंगलबार अर्थात् अघिल्लो कारोबारको दिन ७.३९ अंक बढेर २६१४.०७ विन्दुमा बन्द भएको नेप्से, बुधबार भने सोही सेसनमा ०.२३ अंक घटेर २६१३.८४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३८ अंक घटेको छ।
यस्तै, आज प्रि ओपन सेसनमा ५७ स्टकको १६६ पटकको कारोबारमा ३४ लाख ९२ हजार ९८४ रुपैयाँ ४० पैसाबराबरको ६ हजार ७०७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया