२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक करिब १ अंक घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २५
|
1.3k views

ललितपुर । आज विहीबार अर्थात् साताको अन्तिम कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेर बन्द भएको छ।

बुधबार अर्थात् अघिल्लो कारोबार दिन ५.०३ अंक घटेर २६०९.०३ विन्दुमा बन्द भएको नेप्से, विहीबार सोही सेसनमा ०.९२ अंक घटेर २६०८.१० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक घटेको छ।

यस्तै, आज प्रि ओपन सेसनमा ५९ स्टकको ९० पटकको कारोबारमा १ करोड ४३ लाख १ हजार ६२५ रुपैयाँ १० पैसाबराबरको ३४ हजार ६४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने ३७ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया