|
|
२०८२ पुष ९
1.3k views
ललितपुर । आज साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेर बन्द भएको छ।
मंगलबार अर्थात् अघिल्लो कारोबारको दिन ३.२७ अंक बढेर २५८४.४९ विन्दुमा बन्द भएको नेप्से, बुधबार भने सोही १.१० अंक घटेर २५८५.५९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३२ अंक बढेको छ।
यस्तै, आज प्रि ओपन सेसनमा ४३ स्टकको १२२ पटकको कारोबारमा १ करोड ८४ लाख ८६ हजार ९३१ रुपैयाँबराबरको ४५ हजार ६०२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
भोली क्रिसमसको अवसरमा सार्वजनिक बिदा परेकाले अब आइतबार मात्र शेयर बजार खुल्नेछ ।













फेसबुकबाट तपाईको प्रतिक्रिया