|
|
२०८२ पुष १३
1.6k views
ललितपुर । आज साताको पहिलो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेर बन्द भएको छ।
गत बुधबार अर्थात् अघिल्लो कारोबारको दिन १.३७ अंक बढेर २५८५.८७ विन्दुमा बन्द भएको नेप्से, यस साताको आइतबार सोही सेसनमा ०.९४ अंक बढेर २५८६.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक बढेको छ।
यस्तै, आज प्रि ओपन सेसनमा ५६ स्टकको १२५ पटकको कारोबारमा २ करोड ९६ लाख १७ हजार ९९३ रुपैयाँ ५० पैसा बराबरको ६४ हजार ६५९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।















फेसबुकबाट तपाईको प्रतिक्रिया