|
|
२०८२ पुष २१
918 views
ललितपुर । आज सोमबार अर्थात् साताको दोस्रो सेयर कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ।
आइतबार अर्थात् अघिल्लो कारोबारको दिन १०.२९ अंक घटेर २६१०.६३ विन्दुमा बन्द भएको नेप्से, सोमबार सोही सेसनमा ०.०१ अंक बढेर २६१०.६४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंक घटेको छ।
यस्तै आज प्रि ओपन सेसनमा ४३ स्टकको ९८ पटकको कारोबारमा १ करोड २७ लाख ९४ हजार ४० रुपैयाँ ९० पैसाबराबरको १७ हजार ३५९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।











फेसबुकबाट तपाईको प्रतिक्रिया