२०८२ आश्विन १६ | Oct 02, 2025

प्रि ओपन सेसन अपडेटः नेप्सेमा सामान्य अंकको गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३२
|
51 views

ललितपुर । आज साताको चौथो कारोबार अर्थात् बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ ।

मंगलबार अर्थात् अघिल्लो कारोबारको दिन ३४.४६ अंक बढेर २७६०.१७ विन्दुमा बन्द भएको नेप्से, बुधबार सोही सेसनमा ०।५९ अंक घटेर २७५९.५८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।१२ अंक घटेको छ।

आज प्रि ओपन सेसनमा ६८ स्टकको १०८ पटकको कारोबारमा २ करोड २५ लाख १५ हजार २०५ रुपैयाँ ५० पैसाबराबरको ८९ हजार ३९३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने ३५ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया