२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक करिब साढे ३ अंकले घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ३०
|
1.1k views

ललितपुर । आज साताको अन्तिम सेयर कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंक घटेर बन्द भएको छ।

मंगलबार अर्थात् अघिल्लो सेयर कारोबारको दिन ४.९० अंक बढेर २६३९.९१ विन्दुमा बन्द भएको नेप्से, बुधबार सोही सेसनमा ३.३४ अंक घटेर २६३६.५६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७२ अंक घटेको छ।

यस्तै, आज प्रि ओपन सेसनमा ४९ स्टकको ८७ पटकको कारोबारमा ५ करोड १०लाख ५५ हजार ६३१ रुपैयाँ १० पैसाबराबरको ९१ हजार १०७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने ३५ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

यो साता २ दिन सार्वजनिक बिदा परेकोले ३ दिनमात्र सेयर कारोबार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया