२०८२ भाद्र ७ | Aug 23, 2025

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक ८ अंक बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ४

ललितपुर । आज यस साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ८ अंक बढेर बन्द भएको छ।

गत विहीबार अर्थात् अघिल्लो कारोबार दिन ७५।८४ अंक बढेर २८७०।६३ विन्दुमा बन्द भएको नेप्से, आइतबार सोही सेसनमा ७।७५ अंक बढेर २८७८।३८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।९७ अंक बढेको छ।

आज प्रि ओपन सेसनमा ९३ स्टकको २५४ पटकको कारोबारमा ८ करोड ६२ लाख १२ हजार २९३ रुपैयाँ ९० पैसाबराबरको १ लाख ६८ हजार ३७९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६१ स्टकको मूल्य बढेको छ भने ३० स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया