प्रि ओपन सेसन अपडेटः सामान्य अंकले बढ्यो नेप्से

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १
|
408 views

ललितपुर - ललितपुर । आज साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपस सेसनमा नेप्से २.६९ अंकले बढेको हो ।

बुधबार अर्थात् अघिल्लो कारोबार दिन ३४.६१ अंक बढेर २७९४.७८ विन्दुमा बन्द भएको नेप्से, विहीबार सोही सेसनमा २.६१ अंक बढेर २७९७.४१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०६ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५८ स्टकको ८२ पटकको कारोबारमा १ करोड २४ लाख ४० हजार ३४१ रुपैयाँ ३० पैसाबराबरको २२ हजार ६६७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 पात्रो/राशिफल  रेडियो YouTube