२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः २ अंकले बढ्यो नेप्से परिसूचक

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ६
|
510 views

ललितपुर । आज साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेर बन्द भएको छ।

सोमबार अर्थात् अघिल्लो कारोबार दिन २१.७६ अंक बढेर २८९२.७२ विन्दुमा बन्द भएको नेप्से मंगलबार भने सोही सेसनमा २.३३ अंक बढेर २८९५.०६विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५६ अंक बढेको छ।

आज यो समयमा सेसनमा ६३ स्टकको १५४ पटकको कारोबारमा ५८ लाख ४० हजार ३०६ रुपैयाँ ९० पैसाबराबरको ८ हजार ८७३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३३ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया